संसद विघटनविरुद्व नुवाकोटमा जनता समाजवादीको प्रर्दशन

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले नुवाकोटको विदुरमा आज प्रदर्शन गरेको छ ।
पार्टी कार्यालय विदुरबाट शुरु भएका ¥याली विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्रीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, केपी शर्मा ओली मुर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।
कोणसभामा बोल्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा.भिमलाल तामाङले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर संसद विघटन गरेकाले यो कदम सच्चयाउनु पर्नेमा जोड् दिए । उनले सरकारले गरेका गतल काम प्रवृतिको सबैले रचनात्मक किसिमले विरोध गर्नुपर्ने बताए ।
यस्तै जनता समाजवादी पार्टी नुवाकोटका अध्यक्ष ईश्वर राउतले प्रधान्मन्त्रिले चालेका कमदविरुद्ध सबै राजनितिक दलहरु एकजुट भएर विरोध गर्नुपर्नेमा जोड दिए ।
प्रदर्शनमा जनता समाजबादी पार्टीका केन्द्रिय परिषद सदस्य राजन वम लगायत प्रदेश र जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
प्रतिक्रिया