नुवाकोटमा नेकपाका वडासदस्य जसपा प्रवेश

विदुर खबर २०७७ पुष ७ गते २०:५९

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका वडा सदस्य जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

Advertisement

मंगलबार जनता समाजवादी पार्टीको केन्द्रिय कार्यालय ललितपुरको वालकुमारीमा पार्टी प्रवेश कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य विकास पाण्डे लगायत नेकपा र नेपालि कांग्रेसका दुई दर्जन नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । उनीहरुलाई जनता समाजवादी पार्टीका केन्द्रिय परिषद अध्यक्ष डा . वावुराम भट्टराई,नेताहरु डा .भिमलाल तामाङ लगायतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । जसपा प्रवेश गर्नेहरुमा नुवाकोटको म्यागङ र किस्पाङ कार्यकर्ताहरु बढी रहेका छन् ।

कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय परिषद अध्यक्ष डा . भट्टराईले प्रधानमन्त्रि केपी शर्माले असंवैधानिक कदम चालेको भन्दै त्यसकोविरुद्धमा सबै पार्टीहरु एक भएर अघि बढ्नुपर्ने बताए । उनले सरकारले संविधान विपरित काम गरेकोले सबै राजनितिक दलहरु एकजुट हुनपर्ने उल्लेख गरे ।

Advertisement

यस्तै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दे जसपाका केन्द्रिय सदस्य डा. भिमलाल तामाङले अव युवाहरुको माग जसपाले मात्र पुरा गर्ने भन्दै देशभर जसपाको लहर चलेको बताए ।

कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य ईश्वर रिजाल, केन्द्रिय परिषद सदस्य राजन वम लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया