नुवाकोटमा कांग्रेस र नेकपाका एक दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश

विदुर खबर २०७७ असोज १२ गते १९:०६

नुवाकोट । नेपाली कांग्रेस,नेकपा र मंगोल नेशनल अर्गनाईजेशनका गरि एकदर्जन कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

Advertisement

सोमवार विदुरमा एक कार्यक्रमको आयोजना गरि कांग्रेस, नेकपा र मंगोल नेशनल अर्गनाईजेशनका एकदर्जन कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीका केन्द्रिय सदस्य डा. भिमलाल तामाङ, केन्द्रिय परिषद सदस्य राजन वम, प्रदेश नम्ब्र ३ सदस्य प्रल्हाद भुजेल, जिल्ला अध्यक्ष ईश्वर राउत लगायतले टिका र माला लगाएर पार्टी प्रवेश गराएको जनता समाजवादी पार्टी नुवाकोट उपाध्यक्ष अजित तामाङले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपाबाट राम सुर्खेर्ती, रामचन्द्र तिमल्सीना रहेका छन् भने नेपाली कांग्रेसबाट अर्जुन तामाङ, लालवहादुर तामाङ र मंगोल नेशनल अर्गनाइजेसनबाट आईसिंङ तामाङको नेतृत्वमा अन्य व्यक्तिहरु पार्टी प्रवेश गरेका छन् ।

Advertisement

यसैविच तत्कालिन नयाँ शक्ति पार्टी र संघिय समाजवादी पार्टीको जिल्ला सदस्यहरुको समायोजन भएको छ । सोमवार विदुरमा एक कार्यक्रम आयोजना गरि साविक नयाँ शक्ति पाटी र संघिय समाजवादी पार्टीका जिल्ला सदस्यहरुको समायोजन गरिएको जनता समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य राजन वमले जानकारी दिए ।

जिल्ला अध्यक्ष ईश्वर राउतको अध्यक्षतामा भएको बैठकले रित्त रहेको कोषाध्यक्ष पदमा मानसिंङ तामाङलाई चयन गरेको छ । यससँगै जनता समाजवादी पार्टी नुवाकोटको ५१ सदस्यीय कार्यसमितिले पुर्णता पाएको जनता समाजवादी पार्टी नुवाकोटले जनाएको छ । स्मरण रहोस जनता समाजवादी पार्टी नुवाकोटले विदुर नगरपालिका ,म्यागङ,किस्पाङ र तारकेश्वर गाउँपालिकामा आफ्नो कार्यसमिति चयन गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया