म्यागङ ३ मा जसपाको कार्यसमिति चयन
विदुर खबर
२०७७ असोज २४ गते २०:४८

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ३ मा जनता समाजवादी पाटी (जसपा) ले कार्यसमिति चयन गरेको छ ।
जनता समाजवादी पार्टी म्यागङ गाउँपालिका वडा नम्बर ३ को प्रथम भेलाले आइसिङ तामाङको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको जनता समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य राजन वमले जानकारी दिए । उनले नयाँ कमिटिमा चुनिएकाहरुले पार्टीलाई क्रियाशिल बनाई समाजवादीलाई सबैमाझ पुराउने विश्वास लिए ।
त्यस्तै वडा कमिटि गठको क्रममा नेकपा(पुर्व ऐमाओवादी) परित्याग गरि प्रितीबहादुर तामाङ लगायतका एकदर्जन कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका केन्द्रिय परिषद सदस्य राजन वमले स्वागत गरेका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टीले नुवाकोटको विभिन्न स्थानिय तहमा पार्टीको संगठन विस्तारको कामलाई तिव्रता दिएको छ ।
Advertisement
सम्बन्धित समाचार
नुवाकोटमा कांग्रेस र नेकपाका एक दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश
निर्वाचन कार्यालय नुवाकोटमा ‘जनता समाजवादी पार्टी’ दर्ता
सम्बन्धित
प्रतिक्रिया