रसुवामा थप ६ जनामा कोरोना पुष्टि
विदुर खबर
२०७७ असोज २६ गते १८:४७
रसुवा । रसुवामा आइतबार थप ६ जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। जिल्लाको कालिका गाउँपालिकामा शनिबार दुई जनाको कोरोना पुष्टि भएकोमा आइतबार थप ६ जनामा कोरोना पुष्टि भएको हो। दुई दिनमा २ जना महिला र ६ जना पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।
गाउँपालिकाभित्र कोरोना संक्रमण बढेको भन्दै कालिका गाउँपालिकाले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ। जिल्लाका संक्रमितमध्ये २१ जना निको भएर घर फर्किसकेका छन्।
सक्रिय संक्रमितमध्ये चार जना आइसोलेसन सेन्टर र ७ जना होम आइसोलेसनमा रहेका छन्। जिल्लामा हालसम्म १ हजार १ सय १६ वटा स्वाब संकलन गरिएको छ। अब २२ वटाको नतिजा आउन बाँकी छ। जिल्लामा ३५ शैयाको आइसोलेसन रहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया