जसपा नुवाकोट नेता भिमलाल तामाङलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ असोज २५ गते २०:३८

नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य युवा नेता डा. भिमलाल तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
एकसातायता विरामी परेका तामाङको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जसपाका केन्द्रिय परिषद सदस्य राजन बमले जानकारी दिए ।
डा.तामाङसहित जसपा नुवाकोटका अध्यक्ष ईश्वर कुमार राउत र अन्य प्रदेश कमिटि सदस्यहरुलाई समेत कोरोना पुष्टि भएको जसपाका केन्द्रिय परिषद सदस्य राजन बमले बताए ।
डा. तामाङ गत वर्ष सम्पन्न चुनावमा नुवाकोट क्षेत्र नम्बर २ प्रदेशभा क प्रदेशसभा सदस्यको समेत प्रत्यासी रहेका थिए ।
सम्बन्धित समाचार
म्यागङ ३ मा जसपाको कार्यसमिति चयन
नुवाकोटमा कांग्रेस र नेकपाका एक दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश
निर्वाचन कार्यालय नुवाकोटमा ‘जनता समाजवादी पार्टी’ दर्ता
Advertisement
सम्बन्धित
प्रतिक्रिया