कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका प्रभावशाली नेता नारायण पाण्डेले सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै पाण्डेले नेपाली कांग्रेसको सक्रिय राजनीतिक भूमिकाबाट केही समयका लागि आफूलाई अलग राख्ने घोषणा गरेका हुन्। उनले कांग्रेसका नेताहरू डा. केदार नर्सिङ केसी, रमेश कुमार महत तथा सन्तमान तामाङलाई आगामी राजनीतिक यात्राको सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।
सक्रिय राजनीतिबाट बाहिरिने निर्णय कुनै असन्तुष्टि, निराशा वा अन्य राजनीतिक दलमा प्रवेश गर्ने उद्देश्यले नगरिएको पाण्डेले स्पष्ट पारेका छन्।
“नेपाली कांग्रेस छोड्ने होइन, केवल सक्रिय राजनीतिक भूमिकाबाट केही समय आफूलाई अलग राख्ने मेरो व्यक्तिगत निर्णय हो,” पाण्डेले भनेका छन्, “राजनीतिमा सक्रिय नरहे पनि विचार, आस्था र आत्मीयता सधैं साथमै रहनेछ, समयले उचित ठानेमा फेरि भेटिनेछौँ।”
स्थानीय तहमा लोकप्रिय मानिने पाण्डे तादी गाउँपालिकाका प्रथम अध्यक्ष हुन्।
उनको यो अप्रत्यासित घोषणासँगै नुवाकोट कांग्रेसभित्र र स्थानीय राजनीतिमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया