Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

सान्जेन र रसुवागढीद्वारा जिल्लाबासीको लागि सेयर निष्कासन गर्न प्रस्ताव

प्रकाशित मिती: २० आश्विन २०७७, मंगलवार २०:२८

रसुवा ।  विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण रोकिएको सेयर निष्कासन प्रक्रिया अघि बढाउन जलविद्युत् कम्पनीहरूले प्रस्ताव गरेका छन् ।

रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले जिल्लाबासीका लागि निष्कासन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका हुन् ।जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको वार्षिक समीक्षा तथा जिल्ला सभामा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले सेयर निष्कासनको प्रस्ताव गरेका थिए । उनले सेयर भर्ने समयसीमा बढी राखेर सेयर निष्कासन गर्नका लागि प्रस्ताव गर्दै यसका लागि आवश्यक समन्वय गरिदिन जिल्ला समन्वय समितिलाई आग्रह गरेका थिए । अहिले प्रक्रिया अघि बढाएपनि सबै प्रक्रिया पूरा गरेर सेयर निष्कासन गर्न कम्तिमा ६ महिना लाग्ने भएकाले प्रस्ताव गरिएको कम्पनीहरूले जनाएका छन् ।

यी दुवै कम्पनीले यसअघि नै सेयर निष्कासन प्रक्रिया अघि बढाएका थिए । पछि कोभिड–१९ का कारण प्रक्रिया रोकिएको हो । जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार सय कित्ता र सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले पहिले नै सेयर निष्कासनका लागि प्रभावितलाई वर्गीकरण गरिसकेको थियो ।
रसुवागढीले अति प्रभावितका लागि ४.५, प्रभावितका लागि १.५ र सामान्य प्रभावितका लागि १ प्रतिशत र सान्जेनले अति प्रभावितका लागि ४.२५, प्रभावितका लागि ३,

सामान्य प्रभावितका लागि १.५ र न्यून प्रभावितका लागि १ प्रतिशतका दरले सेयर निष्कासन गर्ने तयारी गरेका थिए । स्थानीयका लागि पहिलो पटक चिलिमे जलविद्युत् आयोजनाले सेयर निष्कासन गरेको थियो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको ७८ प्रतिशत काम सकिएको छ । त्यसैगरी सान्जेन जलविद्यत् कम्पनी अन्तर्गत आमाछोदिङ्मो गाउँपालिका–५ मा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावट क्षमताको सान्जेन जलविद्युत् आयोजना निर्माण हुँदै छ ।

जसमा माथिल्लो सान्जेनको ८७ प्रतिशत र सान्जेनको ७८ प्रतिशत काम सकिएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
पेट्रोलको मुल्य बढ्यो
सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि दुप्चेश्वरमा त्रिपक्षिय सम्झौता
रसुवागढी नाकाबाट भित्रिने पर्यटक न्यून
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
सिंगटी हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने
चिलिमेको नगद लाभांश बैंक खातामा
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com