रसुवागढी नाकाबाट भित्रियो कन्टेनर, अब सहज आपूर्ति हुने अपेक्षा
नुवाकोट । चीनले एकतर्फी रुपमा तीनसातादेखि रोकेको आयात बिहीबारदेखि खुलेको छ । रसुवागढी नाकाबाट बिहीबार विद्युत्का सामाग्री बोकेको कन्टेनर नेपाल प्रवेश गरेको छ ।
नेपालमा कोभिड १९ देखिएको भन्दै चीनबाट रसुवागढी नाका हुँदै प्रवेश गरेका कन्टेनर नाकामा नै रोकिएका थिए । रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्डबिक्रम खड्काले बिहीबारदेखि चीनबाट सामान नेपाल तर्फ भित्रिएको जानकारी दिए ।
‘अबदेखि सहज रुपमा कन्टेनर नेपाल भित्रने छ,मौसमले साथ दिएमा अहिले यहा रहेका कन्टेनरहरु योसाताभित्रमा काठमाडौं आइपुग्नेछन्,’खड्काले भने । नेपालको उत्तरतर्फको व्यापारको लागि अहिले रसुवागढी नाका मात्र प्रयोग भइरहेको छ । तातोपानी नाकामा भने संचालनमा आउने सहमति भएपनि खासै सामान आएको छैन ।
सरकारले चीनसँगको नाका सहज गर्नको लागि वाणिज्य मन्त्रालय तह र स्थानीय रुपमा नै वार्ता गरिरहेको थियो ।
चीनले नाका नखोल्दा नेपाल चीन नाकामा २० अर्ब रुपैयाँभन्दा बढीको सामान अलपत्र परेको थियो । केरुङ नाका भदौ १६ देखि बन्द रहेको छ भने तातोपानी नाका असार २५ देखि बन्द रहेको थियो । वाणिज्य मन्त्रालयले केरुङ नाका बिहीबारदेखि खुलेसँगै तातोपानी नाका समेत छिटो नै संचालनमा आउने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया