पहिरो गएको ६ दिनपछि पासाङल्हामु राजमार्ग खुल्यो
रसुवा । पासाङ ल्हामु राजमार्गको स्याफ्रुवेशी खण्डको भार्खु डाँडामा भासिएको सडक आज आइतबारबाट सन्चालन भएको छ ।

पहिरो गएको ६ दिनपछि संचालन भएको सडक ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएको साउन १९ गते परेको अविरल वर्षाका कारण सडक किनाराबाट पहिरो गई सडक पुर्ण रुपमा बन्द भएको ले २१ गते बाट नै सडक मर्मतको कार्य सुरु भई साउन २५ गते भासिएको सडक पुर्ण रुपमा खुलाइएको हो ।
प्रहरी प्रमुख डिएसपी ईन्द्रप्रसाद सुवेदीका अनुसार रसुवागढी नाका जोड्ने एक मात्र नाकाको सडक भासिए पछि सामान बोकेका कन्टेनर १७ वटा बाटोमा नै रोकिएको थियो ।सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरि करिव एक हप्तामा भासिएको सडक खुलाईएको हो । सडकको कुनाको पहरो फुटाई फराकिलो बनाइएको छ ।
स्याफ्रु तर्फबाट सामान बोकेका १७ कन्टेनर बाटो खुलेपछि आफ्नो गन्तव्य तर्फ हिडे भने धुन्चे तर्फबाट २२ वटा खाली कन्टेनर रसुवागढी नाका प्रवेश गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया