पहिरो गएको ६ दिनपछि पासाङल्हामु राजमार्ग खुल्यो

विदुर खबर २०७७ साउन २५ गते १५:५७

रसुवा । पासाङ ल्हामु राजमार्गको स्याफ्रुवेशी खण्डको भार्खु डाँडामा भासिएको सडक आज आइतबारबाट सन्चालन भएको छ ।

                                                                पहिरो गएको ६ दिनपछि संचालन भएको सडक ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएको साउन १९ गते परेको अविरल वर्षाका कारण सडक किनाराबाट पहिरो गई सडक पुर्ण रुपमा बन्द भएको ले २१ गते बाट नै सडक मर्मतको कार्य सुरु भई साउन २५ गते भासिएको सडक पुर्ण रुपमा खुलाइएको हो ।

प्रहरी प्रमुख डिएसपी ईन्द्रप्रसाद सुवेदीका अनुसार रसुवागढी नाका जोड्ने एक मात्र नाकाको सडक भासिए पछि सामान बोकेका कन्टेनर १७ वटा बाटोमा नै रोकिएको थियो ।सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरि करिव एक हप्तामा भासिएको सडक खुलाईएको हो । सडकको कुनाको पहरो फुटाई फराकिलो बनाइएको छ ।

Advertisement

स्याफ्रु तर्फबाट सामान बोकेका १७ कन्टेनर बाटो खुलेपछि आफ्नो गन्तव्य तर्फ हिडे भने धुन्चे तर्फबाट २२ वटा खाली कन्टेनर रसुवागढी नाका प्रवेश गरेका छन् ।

प्रतिक्रिया