रसुवामा १० जना कोरोना संक्रमित घर फर्किए
विदुर खबर
२०७७ असार २८ गते १८:१४
रसुवा । रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् ।

उनलाई अहिले नीलकण्ठ नमुना माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए । त्यसैगरी शुक्रबार नै उत्तरगया गाउँपालिका–२ की २३ वर्षीय युवती कोरोना जितेर घर फर्किएकी छिन् । यही असार १३ गते जिल्लामा पहिलो पटक ९ जना कोरोना संक्रमित फेला परेका थिए ।
त्यसको केही दिनपछि उत्तरगयाकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू निको भएर डिस्चार्ज भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङ कोरोना मुक्त भएका छन् । अब ७१ जिल्लामा कोरोना संक्रमित रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया