रसुवागढी नाका सञ्चालनको तयारी
रसुवा ।कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् ।
नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट कारोवार अगाडि बढाउने सहमति भएको हो । दुवै देशका नागरिक आवतजावतमा भने यथावत् रोक लगाई अब चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
चीनबाट आयात गरिने मालवस्तु दैनिक रूपमा १५ कन्टेनरसम्म रसुवागढीको मितेरीपुलमा ल्याइने छ । नेपाली कन्टेरमा सामान लाद्न कोभिड –१९ नियन्त्रण नीतिको मापदण्ड पूरा गरेका कामदार मात्र पठाउन चिनियाँ अधिकारीले आग्रह गरेको बताइएको छ । एकदिनमा १५–१५ कामदार, चालक र कन्टेनर मात्र मितेरी पुलको सीमामा पठाउन ती अधिकारीले आग्रह गरेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
केरूङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेकामा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँंगै गत माघ १५ गतेदेखि बन्द भएको थियो । कोरोना नियन्त्रण नभएसम्म नेपाली ट्रक तथा कन्टेनर केरूङ जान नपाउने जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया