विश्वकप फाइनलमा प्रभाव पार्न सक्ने खेलाडी
एन्टोइन ग्रिजम्यान (फ्रान्स)
फ्रान्सेली टोलीका महत्वपूर्ण खेलाडी हुन्, एन्टोइन ग्रिजम्यान । पछिल्ला कुनै पनि ठूला प्रतियोगितामा पहिलो रोजाइको स्ट्राइकर रहँदै आएका ग्रिजम्यान आफ्नो क्षमता र अनुभवका आधारमा एकसेएक खेलाडी उत्पादन गर्ने फ्रान्सेली टोलीका मुख्य स्ट्राइकर हुन् । स्पेनी क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका ग्रिजम्यान बायाँतर्फको क्षेत्रमा पहिलो वा दोस्रो स्ट्राइकरका रूपमा समेत प्रभावकारी तरिकाले खेल्न सक्छन् ।
त्यसैले उनको यही फरक क्षमताले उनलाई फ्रान्सेली टोलीमा लामो समयदेखि महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गराएको छ । उनी फ्रान्सेली राष्ट्रिय टोलीबाट पछिल्लो दुई वर्षको अवधिमा लगातार दुई ठूला प्रतियोगिताको फाइनल खेल्दैछन् । सन् २०१६ मा आफैंले आयोजना गरेको युरोकपमा फ्रान्सले फाइनल खेल्दा उनै ग्रिजम्यान प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए । यद्यपि त्यस बेला फ्रान्स फाइनलमा पोर्चुगलसँग पराजित हुँदै उपविजेतामा सीमित हुन पुगेको थियो ।
त्यही पराजयको पीडालाई भुलेर ग्रिजम्यान आफ्नो देशलाई २० वर्षपछि फेरि विश्वकपको उपाधि दिलाउने अभियानमा जुटेका छन् । त्यसका लागि जारी रुस विश्वकपको फाइनलमा फ्रान्सले आइतबार क्रोएसियासँग खेल्दै छ । यही अवसरमा टोलीलाई उपाधि दिलाउन उनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । सन् २०१४ देखि फ्रान्सेली राष्ट्रिय टोलीबाट खेल्न थालेका ग्रिजम्यानले अहिलेसम्म ६० खेल खेल्दै २३ गोल गरेका छन् ।
लुका मोड्रिच (क्रोएसिया)
मिडफिल्डमा सधैं सशक्त रूपमा प्रस्तुत हुने लुका मोड्रिचकै प्रदर्शनमा क्रोएसिया जारी रुस विश्वकपको फाइनलमा पुगेका छ । टोलीका कप्तानसमेत रहेका मोड्रिच यस्ता भाग्यमानी खेलाडी रहे, जसले आफ्नो नेतृत्वमा क्रोएसियालाई पहिलोपटक विश्वकपको फाइनलमा पुर्याएका छन् ।
उनकै नेतृत्वमा क्रोएसियाले जारी प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पारेको छ । स्पेनी क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका मोड्रिचले टोलीको यो सफलतामा खेलाडी र कप्तानको हैसियतमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । त्यसैले क्रोएसियालाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पनि मिडफिल्डबाट उनै मोड्रिचले निर्णायक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
मिडफिल्डबाट आफ्ना रक्षकहरूलाई सहयोग गर्नमात्रै हैन, आफ्ना स्ट्राइकरलाई गोलका राम्रा अवसर सिर्जना गर्न र आफैं पनि गोल गर्न मोड्रिच सक्षम खेलाडी हुन् । उनी आफ्नो पोजिसनमा मात्रै रहँदैनन्, बलका लागि मैदानको सबै ठाउँमा पुगेकै हुन्छन् । त्यसले पनि विपक्षी खेलाडीका लागि मोड्रिचलाई रोक्नु मुस्किल हुने गर्छ । सुरक्षित ट्याकल प्रहार गर्दै विपक्षी खेलाडीसँग बल फुत्काउन सक्नु उनको अर्काे खुबी हो । त्यसैले क्रोएसियाको ऐतिहासिक सफलता सम्भव बनाउन मोड्रिचको भूमिका महत्वपूर्ण हुने सबैको अनुमान छ ।
सन् २००६ बाट क्रोएसियाको राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका मोड्रिचले हालसम्म एक सय १२ खेल खेल्दै १४ गोल गरेका छन् । आइतबारको फाइनल खेलको समाप्तिसँगै उनले आफ्नो गोलको संख्या पनि वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया