रसुवाकाको नौकुण्डका तीन जनाको कोरोना रिर्पोट नेगेटिभ

विदुर खबर २०७७ जेठ १६ गते २१:२७

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाका तीन जनाको पिसिआर रिर्पोट ‘नेगेटिभ’ अर्थात कोरोना नभएको आएको छ ।

Advertisement

द्रुत विधिबाट परीक्षण गर्दा ‘आरडिटी पोजेटिभ’ देखिएका उनीहरूको शुक्रबार पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए । यसअघि आरडिटी रिर्पोट पोजेटिभ आएका आमाछोदिङ्मो गाउँपालिकाका ४ जना र गोसाइँकुण्ड गाउँपालिकाका एक जनाको पनि नेगेटिभ आएको थियो । जिल्लामा हालसम्म ४ सय ७० जनाको आरडिटी परीक्षण गरिएकोमा ९ जनाको पोजेटिभ आएको थियो । जसमा ७ जनाको रिर्पोट नगेटिभ आइसकेको छ ।

त्यसैगरी शंका लागेका ६ जनाको स्वाब संकलन गरेर काठमाडौं तथा हेटौडाको प्रयोगशाला पठाइएको थियो । जसमा ४ जनाको रिर्पोट आएको छ । स्वास्थ्य कार्यालय रसुवाका अनुसार अब ४ जनाको रिर्पोट आउन बाँकी छ । जिल्लामा हाल २ जना आइसोलेसनमा र ११ जना क्वारेन्टीनमा राखिएको छ ।

Advertisement

प्रतिक्रिया