लकडाउनको समयमा पनि समाजसेवामा जुट्दै श्रेष्ठ

विदुर खबर २०७७ जेठ ८ गते ६:३७

चौघडा । विश्वभर कोरोना भाइरस अर्थात कोभिड –१९ कमो महामारी फैलिरहेको छ र सरकारले यतिवेला लकडाउन जारी राखी सबै नेपाललीलाई सुरक्षित रुपमा घर घरमा वस्न आग्रह गरेको छ ।

Advertisement

कोरोना भाइरसको कारण अहिलेसम्म नेपालमा ४ सय ४७ जना संक्रमित भइसकेका छन भने २ जनाको मृत्यु र ४७ जना निको भएर घर फर्किसकेका छन । तर यतिवेला लिखु ४ र्चौघडाका स्थानिय समाजसेवी शैलेश श्रेष्ठ भने सामाजिक काममा व्यस्त बनिरहेका छन । उनले यही लबकडाउनकै समयमम नै घरमा वसेर सुरक्षित रुपमा वसेर विविध सामाजिक काममा लागि परेका छन । उनको व्यत्तिगत खर्चमा अहिले लिखु ४ चौघडाका मन्दिरदखि सकड मर्मतको कामहरु भइरहेको छ । व्यापार व्यवसायसँगै समाजसेवाम रमाउने श्रेष्ठले समयमा सामाजिक दुरी कायम गरेर विकास निर्माणको काममा जुटेको बताए ।

मंगलबार उनै श्रेष्ठले स्वास्थ्य चौकीका बगैचा बनाएर विभिन्न सामाग्री समेत जुटाइएका छन । जसमा ड्रम,टेवल कुर्सी र हात धुने वेसिन लगायतका रहेका छन । त्यस्तै उनले आफ्नै व्यत्तिगत खर्चमा लिखु ४ चौघडाको एकसय मिटर सडक ग्राभेल हालदिएका छन । लकडाउनको समयमा सामाजिक दुरी कायम गरेर विकास निर्माणमा केही सहयोग गरेको हुँ आगामी दिनमा पनि यस्ता कार्य जारी रहन्छन श्रेष्ठले विदुर खबरसँग भने । आगामी दिनमा पनि चौघडा र लिखुको विकास निर्माणमा मैले सकेको सहयोग गर्छु उनले भने ।

Advertisement

यसअघि पनि श्रेष्ठले गाउँका विभिन्न व्यक्तिहरुलाई लकडाउनकै समयमा राहत वितरण, विभिन्न सामाग्रीहरु सहयोग गरेका थिए ।

 

Advertisement

सम्बन्धित थप समाचार

लिखु गाउँपालिकालाई शिल गरौ, चेकजाँचलाई तिव्रता दिऊ

लिखुको चौघडामा विवाद हुँदा एक जना गम्भीर घाईते

समाजसेवी श्रेष्ठद्धारा स्यानिटाइजर,माक्स,सावुन र थर्ममिटर वितरण

प्रतिक्रिया