लिखुको चौघडामा विवाद हुँदा एक जना गम्भीर घाईते

विदुर खबर २०७७ वैशाख ३० गते २०:२६

                                      घाईते जितेन्द्र राई ।

चौघडा । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा नजिक गड्खारमा सामान्य विवाद पर्दा हुँदा एकजना गम्भीर घाईते भएका छन । घाईते हुनेमा ४२ वर्षिय जितेन्द्र राई रहेको बताइएको छ । उनको घाँटीमा गम्भीर चोट लागेको बताइएको छ ।

Advertisement

स्थानिय ज्योती राईसँग विवाद र ठेलमठेल हुँदा जितन्द्रलाई जस्ताको पाताले काटेको बुझिएको छ । गम्भीर अवस्था रहेका उनलाई उपचारको लागि बा १६ च ८०४६ नम्बरको हाइलक्स गाडीमा काठमाण्डौ लगिएको स्थानिय समाजसेवी शैलेष श्रेष्ठले बताए । घाइते राईलाई स्थानिय समाजसेवी शैलेष श्रेष्ठले आफ्नै गाडीमा उपचारको लागि काठमाण्डौको जमलमा रहेका ग्रान्डसिटी अस्पतालमा लगेका छन ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया