समाजसेवी श्रेष्ठद्धारा स्यानिटाइजर,माक्स,सावुन र थर्ममिटर वितरण

विदुर खबर २०७६ चैत २० गते १४:३४

चौघडा । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ का समाजसेवी तथा युवा व्यवसायीहरु सन्तोष श्रेष्ठ र शैलेश श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बच्न लिखु गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी,विभिन्न प्रहरी चौकी,वडा नम्बर ४ मा रहेको गड्खार र बगैचाका प्रत्येक घरपरिवारलाईर देविघाटमा रहेको जेष्ठ नागरिक प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुलाई थर्ममिटर,सावुन,माक्स र स्यानिटाइजर वितरण गरेका छन ।

Advertisement

श्रेष्ठ दाजुभाईले लिखु गाउँपालिका वडा नम्बर १ मा रहेको खानीगाउँ स्वास्थ्य चौकि, वडा नम्बर २ मा रहेको बगरबजार स्वास्थ्य चौकी, वडा नम्बर ३ मा रहेको सर्यमति स्वास्थ्य चौकी, वडा नम्बर ४ मा रहेको चौघडा स्वास्थ्य चौकी, वडा नम्बर ५ मा रहेको थानसिंह स्वास्थ्य चौकी र वडा नम्बर ६ मा रहेको सुविधा स्वास्थ्य चौकीमा थर्ममिटर,सावुन,माक्स र स्यानिटाइजर वितरण गरेका हुन् ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुर, विदुर प्रहरी चौकी,खरानीटार प्रहरी चौकी,छहरे,ढिकुरे प्रहरी चौकी ,देविघाट जेष्ठ नागरिक प्रतिष्ठान र लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको गड्खार र बगैचाका प्रत्येक घरपरिवारलाई एक÷एक गरि कुल एकहजार थान थर्ममिटर,एकहजार थान साबुन, २५ बाकस पन्जा,५ सय पिस माक्स र ३ सय पिस सेनिटाईजर वितरण गरेको समाजसेवी शैलेश श्रेष्ठले जानकारी दिए ।

Advertisement

श्रेष्ठले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत केही सामाग्री वितरण गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि गाउँमा रहेका असाय,अशक्त्त लगायतका व्यत्तिलई विविध कार्यक्रम गरि सहयोग गर्ने प्रतिवद्धता समेत व्यत्त गरेका छन ।

प्रतिक्रिया