लिखु गाउँपालिकालाई शिल गरौ, चेकजाँचलाई तिव्रता दिऊ

शैलेश श्रेष्ठ
विश्वभर महामारी बनेको कोरोना भाइरस अर्थात कोेभिड–१९ का कारण अहिले विश्व त्रसित बनिरहेको छ ।
यसबाट नेपाल पनि अछुतो रहेको छैन । यो आलेख तयार पर्दासम्म नेपालमा ३ सय ४ जनामा संक्रमित भइसकेका छन भने कोरोनाबाट २ जनाले ज्यान गुमाइसकेका छन । यस्तै कोेरोनाबाट संक्रमित भएका ३६ जना निको भएर घर फर्किसकेका छन । छिमेकी जिल्लाहरु काठमाण्डौ, धादिङ लगायतका स्थानमा कोरोनाका संक्रमित देखिएपछि नुवाकोट पनि यसबाट अछुतो रहन सक्दैन । काठमाण्डौ र धादिङबाट नुवाकोट आउन कुनै अवरोध नहुनले पनि नुवाकोट कोरोनाको सबैभन्दा बढी उच्च जोखिममा छ । नुवाकोटमा रहेका १२ ओटा स्थानिय तहमध्ये लिखु गाउँपालिका अझै त्यसको बढी मारमा परेको छ ।
कारण काठमाण्डौबाट सबैभन्दा छिटो नुवाकोट आइपुग्ने छहरे–टोखा सकडका कारण । यो बाटोबाट दैनिक रुपमा सयौ सवारीसाधन निर्वाध रुपमा आइरहेका हुन्छन भने हिँडेरै जिल्ला छिर्नेको पनि कमि छैन । लिखुको छहरे,ढिकुरे, चौघडा लगायत हुँदै मानिसहरुको आवतजावतले तिव्रता पाएको छ । त्यसैले अहिलेको अवस्थामा लिखु गाउँपालिकालाई शिल गर्न विलम्ब गर्नुहुदैन । गाउँमा बाहिरबाट आएका मनिसको पहिचान गर्दै उनीहरुको स्वास्थ्य परिक्षणका साथै २१ दिनसम्म होम क्वारिन्टिनमा राख्दै पालिकामा बाहिरबाट हुन् सक्ने जोखिन न्यूनिकरणका लागि गाउँ सिल गर्न आवश्यक रहेको देखिन्छ । लिखु गाउँपालिका भएर विदुर नगरपालिकासम्म जाने मार्ग रहेको तथा काठमाडौं लगायत अन्य जिल्लाबाट मानिसको आवतजावत बढदा गाउँ नै कोरोनाको उच्च जोखिममा रहेकोले छिट्टै गाउँपालिकाले कार्यपालिकाको बैटक बोलाउएर पुरै पालिका शिल गर्दा उचि देखिन्छ । यसमा सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।
पुरै गाउँपालिका नै कोरोनाको उच्च जोखिममा रहेको अवस्थामा पुरै पालिकालाई शिल गर्न अथवा लकडाउनलाई पुर्ण रुपमा पालना गर्न सरोकारवालाहरुले प्रहरी र प्रशासनलाई सहयोग गर्नुपर्ने देखिन्छ । लिखु गाउँपालिकासँग,ककनी गाउँपालिका, बिदुर नगरपालिका,बेलकोटगढी नगरपालिका, सूर्यगडी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिका जोडिन्छन् । यी स्थानीय निकाय हुँदै आउने मानिसहरुबाट पनि स्थानीयमा कोरोना संक्रमण हुन सकने भएकोले गाउँपालिकाको सिमाना एवं नाकामा सर्तकता अपनाउनु पर्ने देखिन्छ ।
यस्तै गाउँपालिकामा विभिन्न समयमा प्रवेश गरेका र लक डाउन पहिला नै विदेशबाट आएकाहरुको पुन स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु जरुरी छ । गाउँपालिकामा अहिले विभिन्न देशबाट स्वदेश फर्किएका धेरै मानिसहरु छन उनीहरुलाई स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन जरुरी छ । त्यस्तै पालिकाले निर्माण गरेको क्वारेनटाइनलाई पनि व्यवस्थित र सुविधा सम्पन्न बनाउन जरुरी छ । यसको संक्रमण फैलन नदिन बाहिरबाट आएकाहरुको स्वास्थ्य परिक्षण आवश्यक रहेको देखिन्छ । कोरोनाबाट सबैभन्दा बढी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन । यसबाट बचाउन उनीहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।
त्यसैले समग्र पालिकाको रक्षाको लागि गाउँपालिकाले वेलैमा गाउँपालिकाभित्र सिल गर्नुपर्ने जरुरी रहेको छ । गाउँपालिकाले आफ्नो गाउँपालिकालाई सुरक्षित बनाउन गाउँपालिका गम्भीर बन्नुपर्छ । साथै गाउँपालिकामा गरिएको लकडाउन कार्यान्यनको लागि आ–आफ्नो तर्फबाट सहयोग गर्न जरुरी छ । हामीले आफ्नै सानो प्रयासबाट पनि कोरोना संक्रमण रोक्न सघाउ पुराउने हुनाले सकेसम्म अत्याअवश्यक कामवाहेक घरवाहिर ननिस्कनुस र निस्केपनि सावधानी अपनाएर मात्र हिँडन अनुरोध गर्दछु ।
लेखक श्रेष्ठ लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका समाजसेवी हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया