रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार

विदुर खबर २०७७ वैशाख २२ गते ७:२०

रसुवा । रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, ठुलोस्याफ्रुकी ३३ वर्षीय छिरिङ लामाको उद्वार गरिएको हो ।

शुक्रबार रातिदेखि व्यथा लागेर अवस्था जटिल बन्दै गएपछि शनिबार बिहान उद्वार गरिएको हो ।राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यक्रम अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उद्वार गरेको हो । सेनाको हेलिकप्टरमार्फत उद्वार गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

यसअघि पनि जटिल हुने खालका सुत्केरीलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने गरिएको थियो ।

प्रतिक्रिया