संक्रमणबाट बच्न बेत्रावतीमा हेल्प डेस्क स्थापना
विदुर खबर
२०७६ चैत २ गते १६:५८

रसुवा । कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमणबाट बाट बच्नका लागि बेत्रावतीमा हेल्प डेस्क स्थापना गरिएको छ।
उतरगया गाउँपालिकाको स्वास्थ्य शाखाले स्थापना गरेको सो हेल्प डेस्कमा रसुवाबाट बाहिरिने र भित्रिने यात्रुहरूलाई कोरोना भाइरस संक्रमण र बच्ने उपाएबारे जानकारी गराइने छ ।
चैत २ गते आईतबार बाट सुरू गरिएको उक्त हेल्प डेस्कमा स्वास्थ्य सम्बन्धि स्वयमसेवक खटाइने छ ।
सम्बन्धित
प्रतिक्रिया