रसुवामा ३ हजार ८ सय बालबालिकालाई दादुरा रुबेला खोप लगाइँदै

विदुर खबर २०७६ फागुन २९ गते २०:३४

रसुवा । रसुवाको ३ हजार ८ सय बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ ।

Advertisement

आउँदो चैत १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ३ हजार ८ सय ४५ जनालाई खोप लगाइने जिल्ला खोप समन्वय समिति रसुवाले जनाएको छ । यसका लागि पाँच वटा गाउँपालिकामा २ सय २० वटा खोप केन्द्र सञ्चालन गरिने छ ।

यसमा ४ सय ४० जना स्वयसेवक खटिने छन् । जसमा ६१ जना खोप कार्यकर्ता परिचालन गरिने छ । समितिले मंगलबार एक कार्यक्रमको आयेजना गरेर यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । जिल्लामा खोप तथा सिरिन्ज आइसकेको, कोल्डचेनको व्यवस्था भएको र गाउँपालिकाहरूमा सूचनामुलक सामग्री वितरण भइसकेको समितिले जनाएको छ ।

Advertisement

जिल्लामा एकै चरणमा खोप लगाउन सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । बच्चा जन्मेपछि सुरुमा लगाइने बिसिजि खोपको दर कम देखिएको छ । सुत्केरी गराउनका लागि नुवाकोट तथा काठमाडौं लगिने भएकाले कम देखिएको र अन्य खोप लगाउने दर बढी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया