रसुवामा कोरोना भाइरसको संक्रमन भित्रन नदिन उच्च सतर्कता
रसुवा ।रसुवामा कोरोना भाइरसको संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाइएको छ । यसका लागि जिल्ला अस्पताल र रसुवागढी नाकामा भएको हेल्थ डेक्सलाई व्यवस्थित गरिएको छ । पूर्व तयारी स्वरूपमा आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्था गरिएको छ ।
रसुवागढी नाकामा अस्थायी भवन निर्माण कार्य सुरु गरिएको छ । नाकामा रहेको हेल्थ डेक्समा संघ, प्रदेश र स्थानीय तहबाट चार जना स्वास्थ्यकर्मी राखिएको छ । जसमा दुई जना एमबिबिएस डक्टर, एक जना एचए र एक जना स्टाफ नर्सको व्यवस्था गरिएको छ । त्यहाँ परीक्षणका लागि आवशयक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), मास्क, डिजिटल थर्मामिटर लगायतका आवश्यक सामग्री रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।
जिल्ला अस्पताल रसुवामा चार बेड क्षमताको आइसुलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भएको शंका लागेका बिरामीको परीक्षण तथा उपचारका लागि बुधबारदेखि कक्ष सञ्चालनमा ल्याइएको हो । जिल्लामा हालसम्म कोरोनाको बिरामी नभेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल कुमार खरेलले बताउनुभयो ।जिल्ला कारागारमा बिहीबारदेखि प्रत्यक्ष भेटघाटमा रोक लगाइएको छ । जेलर कृष्णहरि पुडाशैनीका अनुसार कारागारमा कोरोनाको संक्रमण भित्रन नदिनका लागि आफन्तसँग फोनमा कुराकानी गर्न मात्र अनुमति दिइएको छ । सात जना राख्न सकिने गरी आइसुलेसन कक्षको पनि स्थापना भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले होली नखेल्नका लागि अनुरोध गरेको छ । कार्यालयले जिल्ला स्तरमा हुने सेमिनार, गोष्ठी, पर्व, मेला, महोत्सव वा यस्तै जनभेला नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले कोरोना भाइरस भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो । जोखिम बढ्दै गएको रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा पनि हेल्थ डेक्स सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अघि बढाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया