रसुवा अस्पतालमा आइसोलेसन कक्ष सन्चालन
रसुवा । चार वटा वेडको कोरोना भाइरस (कोभिङ—१९) को संकास्पद विरामी को उपचारर्थ रसुवा जिल्ला अस्पतालमा आइसोलेसन कक्षको स्थापना गरिएको छ ।
जिल्लामा हालसम्म कोरोना भाइरस देखिएको छैन । शंका लागेमा अस्पतालमा तत्कालै आउन असपतालले आग्रह गरेको मेडिकल सुपरिटेन्डेन डा. अनिल कुमार खरेल ले बताउनुभयो । डा खरेलका अनुसार अस्पतालमा प्रयोग विहिन अवस्थामा रहेका अल्मुनियमका बेडलाई प्रयोगमा ल्याई कक्ष सन्चालनमा ल्याएको हो यस्तौ जिल्लामा रोग भित्रन नदिन नाकामा सम्बेदनशिलता अपनाई दुई जना एमविविएस डाक्टर खटाईसकिएको छ ।
उक्त नाकामा रहेको हेल्थ डेस्कमा अहिले चार जना स्वास्थ्यकर्मी रहेका छन भने जोखिम बढ्ने जस्तो देखिएमा रसुवा र नुवाकोटको सिमाना बेत्रावतिमा समेत हेल्प डेस्क राखिनेछ । यस्तै कोरोना भाइरसको संका लागेको विरामीलाई जिल्ला अस्पतालमा आइसुलेसनमा राखेर उपचार गरिनेछ तथा यहाँ उपचार हुन नसके काठमाण्डौ रिफर गर्न परे एम्बुलेन्स तयारी अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेल ले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्ला भित्र कुनै महोत्सव पर्व, मेला, गोष्ठी, सेमिनार लगायत नगर्न आग्रह समेत गरेको छ । भने करिव ५ महिना लाई पुग्ने सामाग्री स्टक राख्न र जिल्लामा कोरोना भाइरस सम्बन्धी विशेष शर्तकता अपनाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया