रसुवाको लाङटाङ क्षेत्रमा विद्युत विस्तार तिब्र

विदुर खबर २०७६ फागुन १२ गते २०:००

रसुवा । धार्मिक स्थल गोसाईकुण्ड र पर्यटकिय क्षेत्र लाङटाङमा विद्युत विस्तार तीब्र परिएको छ ।

Advertisement

घर-घरमा विद्युतलाई विस्तार गर्ने ग्राहक संख्या आठ हजार ५ सय रहेकोले ढिलै भएपनि हिमाली क्षेत्रको लाङटाङ र गोसाईकुण्ड लाईन लगिन लागेको हो । २०४० सालबाट नुवाकोटको त्रिशुली देखि रसुवामा विस्तार सुरु गरिएको विद्युत सेवा ले ३६ वर्षको दौरानमा विस्तार गरिन लागेको नेपाल विद्युत प्राधिकरण धुन्चे शाखाका प्रमुख कृष्ण हरी दाहालले जानकारी दिनुभयो ।

प्रमुख दाहालका अनुसार विशेष गरी लाङटाङ र गोसाईकुण्डलाई केन्दीत गरी धमाधम विद्युत विस्तार हुँदैछ । लाङटाङ लाइन विस्तार भईसकेको छ र लामा होटल देखि लाङटाङ क्षेत्रका लागी बृद्धिम देखि लामा होटल सम्म १९ किलोमिटर विद्युत थप ६ किलोमिटरको दुुरी लाइन तान्ने काम भइरहेको छ । भने गोसाईकुण्डको लागी धार्मिक मार्गको चन्दनबारी सम्म विद्युत विस्तार भइसकेको छ । लाङटाङ सकिने पछि चन्दनवारीको जोडेर गोसाईकुण्ड पु¥याएपछि विद्युत प्रवाह गरिने छ ।

Advertisement

प्रत्येक नागरिकका घरमा उज्यालो पार्ने वर्तमान सरकारको निति कार्यान्वयन गर्न र पर्यटकीय गन्तव्यका रुपमा रहेका वस्तीलाइनलाई विद्युत विस्तारको रुप्पमा काम तिब्र बनाइसककेको प्रमुख दाहालले बताउनु भयो ।

यस्तै भुकम्पपछिको पुनः निर्माण अन्तर्गत उत्तरगया गाउँपालिका-१ तिरु क्षेत्रमा एकिकृत बस्ती निर्माणका लागी पनि प्रक्रिया अगाडी बढेको स्थानमा समेत विद्युत लाइन विस्तार भइरहेको छ ।

Advertisement

प्रतिक्रिया