रसुवाको मुलखर्क सडक स्तरोन्नतिमा नागरिक अनुगमन
रसुवा । जिल्लाको कालिका गाउँपालिका एकमा अवस्थित मुलखर्क सडक स्तरोन्नतिमा अनियमितताको सवाल उठेपछि नागरिक अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, ईन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा गैसस महासंघ जिल्ला सचिव प्रमोदकुमार तितुङ रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष सन्जिव अमात्य नेपाल पत्रकार महासंघका हिमनाथ देवकोटासहित प्राविधिक टोलिले पहिरो क्षेत्र सडक ढलान भइरहेको स्थानमा अनुगमन गर्दै गुणस्तरिय सडक ढलान गर्न र सडक आवतजावत सुचारु गर्न निर्माण कम्पनिका प्रतिनिधिलाई आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भन्नुभयो नेपाल चीनबाट व्यापारका लागी एक मात्र रसुवागढी नाकाबाट निर्यात हुने सो सडक ढलान हुन थालेपछि दिनहु गाडी फस्नाले घण्टौसम्म जाम पर्ने र यात्रु मर्कामा पर्ने भएकाले विकल्पको रुपमा मालवाहक ट्रक तथा कन्टेनरहरु बेत्रावती मैलुङ स्याफ्रु सडकबाट आवतजावत गर्ने व्यवस्था मिलाउन पहल गरिने छ र सडक विभागबाट योजनाको लागत इष्टिमेट मागेर छलफल समेत गरिने बताउनु भयो ।
सडक ढलानको मोटाइ २५ से.मि. आरसिसि र ५ स.मि. पीसिसि रहेको छ ढलान मोटाई पनि कम राखेको स–साना रडको प्रयोग गरेको ढलानको मोटाइ कम राखेको स–साना रडको प्रयोग गरेको चिसो ठाउँमा तापक्रम व्यवस्थापन नगरेको र गुणस्तरीय सिमेन्ट प्रयोग नभएको गुनासो आए पछि फागुन ३ गते संयुक्त रुपमा सडकको अनुगमन भएको हो ।
सडक विभागबाट ढलान दुई सय २० मिटर वाल तथा पिच मर्मत समेत कुल १ करोड १३ लाख रुपैयाको काम गर्ने जिम्मा पाएको निर्माण कम्पनि मङगलादेवि सुवास कन्स्ट्रक्सन प्रा.लि. प्रोपाइटर सुवास चन्द्र कार्कीले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया