प्रथम पञ्चकन्या चेयरम्यान कपको उपाधी आयोजकलाई

विदुर खबर २०७६ माघ २९ गते १०:०४

कबिलास  । ‘प्रथम पञ्चकन्या चेयरम्यान कप’ भलिवल प्रतियोगिताको उपाधी आयोजक पञ्चकन्या गाउँपालिकाले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा म्यागङ गाउँपालिकालाई २५–२१ र २५ –२३ को सोझो सेटमा पराजित गर्दै आयोजक पन्चकन्या गाउँपालिकाले उपाधि उचालेको हो ।

Advertisement

प्रतियोगिताको उपाधि विजेता पन्चकन्या गाउँपालिकाले एकलाख रुपैयाँ नगदसहित ट्रफी मेडल, प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा सिमित बनेको म्यागङ गाउँपालिकाले नगद ७५ हजार रुपैयाँको साथै ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगिताको विजेता र उपविजेतालाई नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले ट्रफी हस्तान्तरण गरेका थिए ।

उदयमान खेलाडिको रुपमा लिखु गाउँपालिकाका खेलाडी डेनिश राई, बेस्ट स्ट्राईकरमा म्यागङका आयुश खड्का, बेष्ट ब्लकरको अवार्ड आयोजक पञ्चकन्याका सुजन थापालाई, बेस्ट डिफेन्डरमा दुप्चेश्वरका सिताराम तामाङ, बेस्ट सेटरमा पञ्चकन्याका केशव मोहोरा, बेस्ट सर्भरमा म्यागङ्का आईतराम तामाङ, बेस्ट प्रशिक्षकको रुपमा पञ्चकन्याका प्रशिक्षक उत्सव खड्का बेस्ट प्लेयरको अवार्ड सन्जय शाह ठकुरी र ब्यबस्थापकमा स्थानिय शिक्षक राजकुमार ठकुरीले अवार्ड प्राप्त  गरेका छन ।

Advertisement

कार्यक्रममा बोल्दै कांग्रैस नेता पौडेलले खेलाडीले खेलाडीले खेलकुदमार्फत देशको शीर उँचो बनाएको भनदै खुशी व्यक्त गरे । उनले खेलाडीजस्तै अनुसाशन देशको नेतृत्व वर्गमा देखिएमा देशले विकास निर्माण लगायतका काममा छिट्टै काचुली फेर्ने उल्लेख गरे ।

प्रतिक्रिया