लिखु गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

विदुर खबर २०७६ माघ १४ गते १८:२१

चौघडा । स्वास्थ्यको लागी खेलकुद राष्ट्र्को लागी खेलकुद भन्ने नाराका लिखु गाउँपालिकमा मंगलबारदेखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

Advertisement

लिखु गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्ध्घाटन नेपाली कांग्रेसका सहमहामन्त्रि प्रकाशसरण महत, प्रतिनिधिनिधसभाका सांसद वहादुरसिंह लामा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ र गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले संयुत रुपमा उद्घाटन गरेका हुन ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशसरण महतले थोरै लगानिमा धेरै प्रतिफल आउने क्षेत्र खेलकुद रहेको भन्दै राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । फरक प्रसंगमा महतले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले अन्य दलबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले भन्दा बढी काम गरेको दाबी गरे । त्यस्तै प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामाले साना साना प्रतियोगिताबाट उत्पादन भएका खेलाडीले पछि गएर देशको नाम रोशन गर्ने बताए । उहाँले बिद्यालय स्तरबाटनै खेलाडीाई बाच्न सक्ने आधार बनाउन सबै लागि पर्नुपर्ने उल्लेख गर्नुभयो ।

Advertisement

क्षेत्रपाल माबि चौघडामा २ दिनसम्म संचालन हुने प्रतियोगितामा लिखु गाउँपालिका भित्रका ७ वटा बिद्यालयहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपाली, लिखु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरज अर्याल लगाएतले मन्तब्य राखेका थिए

प्रतिक्रिया