रसुवागढी नाका हुँदै चार हजारका मुडा केरुङ निर्यात

विदुर खबर २०७६ पुष २० गते १८:१४

रसुवा । अन्तराष्ट्रिय नाकाले परिचित रसुवागढी नाका हुँदै चिनको केरुङबाट चालु आर्थिक वर्ष ०७६/०७७ को पाँच महिनामा चार हजार वटा बाँसको मुडाको निर्यात भएको छ ।

Advertisement

प्लान्ट क्वारेन्टिन कार्यालय टिमुरेको अनुसार साउन दुई हजार आठ सय ५० र कात्तिकमा एक हजार एक सय ५० मुडा निर्यात भएको हो । गत वर्षको तुलनामा ७८.४६ प्रतिशत कम हो । गत आर्थिक वर्षको पाँच महिनामा १८ हजार पाँच सय ६३ मुडा निर्यात भएको थियो ।

क्वारेन्टिन कार्यालयले दिएको जानकारी अनुसार धादिङ, सुनसरी र काठमाण्डौको कारागारमा उत्पादित मुडा चीन लैजाने गरिएको छ । यी मुढाबाट साउनदेखि मंसिर मसान्तसम्म मा १० लाख बराबरको निर्यात भएका छन् ।

Advertisement

यस नाकाबाट कृषि तथा वन्यजन्तुका सामाग्री निर्यात हुँदै आएको छ भने रुद्राक्ष, बुद्धचितको माला, बाँसको नाङलो, अम्रिसोको कुचो, काठको क्यार झुल, हान्डि क्राफ्ट, निर्यात हुने गरेका छन् ।

वरिष्ट बाली संरक्षण अधिकृत कुलदिप धिमिरेका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा एक करोड ५० लाख १५ हजार रुपैयाको २१ हजार चार सय ५५ र २०७४/७५ मा ३१ लख २० हजार मुल्य बराबरको १२ हजार आठ सय ८० मुढा निर्यात भएको छ भने पछिल्लो समय कृषिजन्य सामाग्री निर्यात घटेको छ ।
नेपालको विभिन्न कारागारमा उत्पादित मुढा संकलन गरेर चीनको ल्हासा, सिगात्से, न्यालम र घिङग्री लैजाने गरिएको छ ।

Advertisement

प्रतिक्रिया