थ्रीस्टारसँग एपिएफको झिनो हार

विदुर खबर २०७६ पुष १२ गते १७:१७

नुवाकोट ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ । शनिबार भएको खेलमा थ्री स्टारले एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा अनन्तले निर्णायक गोल गरे ।दायाँ भागको कर्नर साइडबाट मिक्छेन तामाङको फ्रिकिकलाई अनन्तले हेडबाट पोस्टको दिशा दिएका थिए । सुशान्त श्रेष्ठलाई एपीएफका डिफेन्डरले फउल गर्दा थ्री स्टारले फ्रिकिक पाएको थियो ।

खेलमा म्यान अफ दि म्याच अनन्त चुनिए । यससँगै थ्री स्टार दोस्रो जित निकालेको छ ।  थ्री स्टारले ३ खेलमा ७ अंक जोडेको छ ।

Advertisement

पहिलो खेलमै जावलाखेलसँग गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबमाथि १-० को कठिन जित निकालेको थियो ।एपीएफको यो दोस्रो हार हो  । पहिलो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दीसँग २-० ले पराजित एपीएफले हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया