खानेपानीको पाइप फुट्दा बेत्रावतिमा सडक भासियो

रसुवा । रसुवाको उत्तरगया गाँउपालिको बेत्रावतिमा पुलसँगै रहेको सडक भासिएको छ ।
रसुवा–नुवाकोट जोड्ने वेत्रावतिको पुलको रसुवातर्फको भुभागमा रहेको पुल बिहिबार साँझ भासिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । बिदुर खानेपानी उपभोत्ता समितिको मु्ख्य पाइपको ज्वाइन्ड फुत्किएको कारण पुल र गेटको भागको एकतर्फीको वालमा क्षती पुगेको हो । सडकमा क्षति पुगेसँगै साना सवारीसाधन जावतजावतमा समस्या नभएपनि ठुला सवारी साधन आवजावतमा भने समस्या भएको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय रसुवाले बिहिबार साँझ एक विज्ञप्ती जारी सो स्थानबाट हलुका सवारी साधन मात्र आवतजावत गर्न मिल्ने भन्दै ठुला सवारी साधनलाई नुवाकोटको ढुंगे, त्रिशुली–तुप्चे–मैलुङ हुँदै यात्रा गर्न सबै सरोकारवालाहरुसँग आग्रह गरेको छ । प्रशासनले सडक मम्र्रत नहुँदासम्म सो र्बैकल्पिक मार्गको प्रयोग गर्न सबैसँग आग्रह गरेको हो ।
सडकसँगै जिबिस रसुवाले २०६४ मा अस्थायी रूपमा बनाएको होर्डिङ बोर्ड समेत ठलेको छ ।
प्रतिक्रिया