खानेपानीको पाइप फुट्दा बेत्रावतिमा सडक भासियो
रसुवा । रसुवाको उत्तरगया गाँउपालिको बेत्रावतिमा पुलसँगै रहेको सडक भासिएको छ ।
रसुवा–नुवाकोट जोड्ने वेत्रावतिको पुलको रसुवातर्फको भुभागमा रहेको पुल बिहिबार साँझ भासिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । बिदुर खानेपानी उपभोत्ता समितिको मु्ख्य पाइपको ज्वाइन्ड फुत्किएको कारण पुल र गेटको भागको एकतर्फीको वालमा क्षती पुगेको हो । सडकमा क्षति पुगेसँगै साना सवारीसाधन जावतजावतमा समस्या नभएपनि ठुला सवारी साधन आवजावतमा भने समस्या भएको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय रसुवाले बिहिबार साँझ एक विज्ञप्ती जारी सो स्थानबाट हलुका सवारी साधन मात्र आवतजावत गर्न मिल्ने भन्दै ठुला सवारी साधनलाई नुवाकोटको ढुंगे, त्रिशुली–तुप्चे–मैलुङ हुँदै यात्रा गर्न सबै सरोकारवालाहरुसँग आग्रह गरेको छ । प्रशासनले सडक मम्र्रत नहुँदासम्म सो र्बैकल्पिक मार्गको प्रयोग गर्न सबैसँग आग्रह गरेको हो ।
सडकसँगै जिबिस रसुवाले २०६४ मा अस्थायी रूपमा बनाएको होर्डिङ बोर्ड समेत ठलेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया