किसानहरु सामूहिक बंगुर पालनमा

विदुर खबर २०७६ मंसिर २८ गते २०:२४

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेका छुर्तेन कृषि सहकारी संस्था मार्फत २५ जना किसानले अहिले व्यवसायिक रुपमा बंगुर पालन सुरु गरेका छन् ।

Advertisement

६ वर्षअघि देखि बंगुल पाल्न सुरु गरेका किसानलाई सरकारी अनुदान, सहज रुपमा मासु विक्री र पाठापाठी खोज्नेको सङ्ख्या पनि बढेसगैँ अहिले सहकारी र समूह मार्फत नै सामूहिक रुपमा पालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो ।
छुर्तेन कृषि सहकारी संस्थाका उपाध्यक्ष याक बहादुर लिम्बुकाअनुसार एउटा बंगुरबाट मासिक तीन हजार रुपैयाँ कमाउने सक्ने भएपछि विदेस गएका युवाहरु समेत घर फर्किएर बंगुल पालन गर्न थालेका छन् । एउटा पोथी बंगुरबाट १० वटा पाठा जन्मने र एउटै पाठाको पाँच हजार रुपैयाँ पर्ने भएपछि विदेसमा हुने भन्दा राम्रो कमाई गाउँमै बसेर युवाहरुले आम्दानी गर्न सफल भएका छन् ।

एउटा माऊ बंगुरको चालिस हजार रुपैयाँ पर्ने र बच्चा सहितको गोठलाई तीन महिनाको अवधिमा एक लाखमा बिक्री गर्न सक्ने देखिएपछि युवा किसानले व्यवसायिक बंगुरको पालनलाई अहिले मुख्य आम्दानी र पेशा बनाउन थालेको छुर्तेन कृषि सहकारी संस्थाका अध्यक्ष पेमा तेन्जिन तामाङले बताउनुभएको छ । उहाँले सात वटाबाट सुरु गरेको फर्ममा अहिले ६५ वटा बंगुर पुगिसकेका छन् ।

Advertisement

सहकारीले मासिक रुपमा एक हजार संकलन गरेर अहिले मूल खातामा ११ लाख ५० हजार रुपैयाँ पु¥याएको छ । बंगुर लगायतका व्यवसायिक पशु पालन तथा कृषि खेती गर्नलाई सहज रुपमै सहकारीले लगानी गर्ने भएपछि गाउँमै बसेर फर्म सञ्चालन गर्न स्थानीय किसानलाई पनि सहज बनाएको छ ।

सरकारले दिने अनुदान तथा अन्य प्राविधिक सेवाको लागी धुञ्चेमा सम्पर्क कार्यालय मात्र भएकाले त्याहाँ आवश्यक जानकारी, प्राविधिक सहयोगको लागी दक्ष कर्मचारीको अभाव भएको धुञ्चेका किसानहरुले बताएका छन् । रसुवाका किसानको लागी राज्य पुर्नसंरचना पश्चात कृषि ज्ञान केन्द्र भेटनरी अस्पताल एंव पशु विज्ञ केन्द्रको सेवा लिनको लागी नुवाकोटको विदुर नै आउनुपर्ने बाध्यता रहेको छ ।

Advertisement

यो सामाग्रि रसुवामा क्रियाशिल पत्रकार सरस्वती न्यौपानेको सहयोगमा तयार गरिएको हो । 

प्रतिक्रिया