ए डिभिजन लिग नेपाल टेलिभिजनले लाईभ गर्ने

विदुर खबर २०७६ मंसिर २७ गते २०:३५

नुवाकोट ।शनिबारदेखि शुरुहुने ए डिभिजन लिग फुटबल प्रतियोगिता नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

Advertisement

शनिबारदेखि शुरुहुने ए डिभिजन लिगमा ९१ वटा खेलबबाट लिग च्याम्पियनको टुंगो लाग्ने छ । दशरथ रंगशाला र सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने ए डिभिजन लिगका खेलहरु नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने गरि सम्झौता भएको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

अध्यक्ष शेर्पा र नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एन्फा अध्यक्ष शेर्पाले एनटिभीसँगको सम्झौताले नेपाली फुटबलमा थप योग्दान पुग्ने र आम सर्वसाधारण माझ फुटबलको लोकप्रियता बढ्ने विश्वास व्यक्त गरे ।

Advertisement

प्रतिक्रिया