साग फुटवलको फाईनलको लागि टिकट मुल्यमा भारी वृद्धि
विदुर खबर
२०७६ मंसिर २३ गते ७:५९

नुवाकोट । राष्ट्रिय खेलकुद परिषद राखेपले काठमाण्डौमा जारी १३ औ सागको पुरुष फुटवलको टिकट मुल्यमा भारी वृद्धि गरेको छ ।
राखेपले जारी गरेको नयाँ टिकट दरमा साधारणतर्फ एक हजार तोकिएको छ भने भिआईपी तर्फ २ हजार रुपैयाँ तोकिएको छ । दर्शकले सोही टिकटमा सागको समापन कार्यक्रम समेत हेर्न पाउनेछन ।
सागको पुरुष फुटवलको स्वर्णको लागि नेपाल र भुटान मंगलबार प्रतिष्पर्धा गर्नेछन ।
सम्बन्धित
प्रतिक्रिया