१४ औ साग पाकिस्तानले आयोजना गर्ने

विदुर खबर २०७६ मंसिर १९ गते ९:५६

नुवाकोट । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आगामी संस्करण पाकिस्तानले आयोजना गर्ने पक्का भएको छ ।

Advertisement

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग आयोजना निश्चित गरेको हो ।दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सागको आगामी संस्करण आयोजनाको झण्डा लिन पाकिस्तान सरकारलाई सांस्कृतिक नृत्य सहित आमन्त्रण गरेको थियो । तर पाकिस्तानले नोभेम्बर २९ मा पत्र लेख्दै समय थोरै भएकाले सांस्कृतिक नृत्य प्रस्तुत गर्न नसक्ने तर १४ औं संस्करणको झण्डा आफुले लिने प्रतिबद्वता जनाएको ओलम्पिक कमिटि स्रोतले खेलपाटीलाई भनेको छ ।

‘समय कम भएकाले कल्चर टिम पठाउन सक्दैनौ । तर सागको आगामी संस्करण आयोजना गर्न तयार छौ ।’ पाकिस्ताले पठाएको पत्रमा भनिएको छ ।बर्णानुक्रम अनुसार साग आयोजनाको पालो पाकिस्तानको रहेको थियो । सोही अनुसार पाकिस्तानलाई साग आयोजना गर्न दक्षिण ओलम्पिक काउन्सिलले पत्र पठाएको थियो । दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला प्रत्येक दुई बर्षमा आयोजना गर्ने प्रचलन रहेको छ ।

Advertisement

नेपालले तेस्रो पटक साग खेलकुद मुख्य तीन शहरमा सञ्चालन गरिरहेको छ । डिसेम्बर १० को समापनको दिन पाकिस्तान सरकारले आगामी संस्करणको साग आयोजनाको झण्डा लिनेछ ।

प्रतिक्रिया