अन्तर बिधालय क्रिकेट प्रतियोगीताको उपाधी अर्किड एकेडेमीलाई

विदुर खबर २०७६ मंसिर १५ गते १७:४९

नुवाकोट ।  नुवाकोटमा जारी जिल्लाब्यापी अन्तर बिधालय क्रिकेट प्रतियोगीताको उपाधी अर्किड एकेडेमीको बि टिमले हात पारेको छ ।

Advertisement

नुवाकोट क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालित प्रतियोगिताको फाईनलमा देविघाटको सस्कृत माविलाई १६ रनले पराजित गर्दै अर्किड एकेडेमीको बि समुहले उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अर्किड बि ले निर्धािरत २० ओभरमा ८ विकेट गुमाउदै ८३ रन बनायो । अर्किड बि का तर्फबाट आयुस पाण्डेले २१ रन र रोहित थपलिया ले ९ रन बनाए । बलिङतर्फ देविघाट सस्कृत माविका े राजिव भण्डारीले ३ विकेट र शुभाष गुरुङले २ विकेट लिए ।

८४ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सस्कृत माविले १९.५ ओभरमा अल आउट हुँदै ६७ रन मात्र बनाउन सक्यो । सस्कृत माविको तर्फबाट अनिश नेपालले १७ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ अर्किड बि का आयुस पाण्डेले ३ विकेट, सन्जय भट्टराई, प्रदिप माझी र आईसिङ्ग तामाङले समान २÷२ विकेट लिए । खेलमा अर्किड बि का आयुस पाण्डे म्यान अफ दि म्याच घोषित भए ।

Advertisement

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान अमिक कुमाल , बेस्ट बलर आयुस पाण्डे र म्यान अफ दि सिरिज सुभाष गुरुङ्ग र उदयिमान खेलाडी अनिष नेपाल घोषित भए । बिजयी टिमले ट्रफी प्रमाणपत्रको साथै २५ हजार बराबरको खेलकुद सामाग्री प्राप्त गरे भने उपबिजेता टिमले ट्रफी प्रमाणको साथै १५ हजार बराबरको खेलकुद सामाग्री हात पारेको छ ।

प्रतियोगिताको समापन समारोहमा बोलदै विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले खेल क्षेत्रको विकासका ेलागि विद्यालयस्तरीय प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले प्रतियोगितको उत्कृष्ट खेलाडीलाई तालिम र प्रशिक्षण दिएमा राम्रो टिम बन्ने उल्ल्ेख गरे । त्यस्तै नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जिल्लामा रहेका प्रतिभाहरुको पहिचान गर्ज प्रतियोगिता आयोजना गरेको बताए । उनले प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय प्रतियोगिता गरेर सहभागि गराइने बताए ।

Advertisement

कार्यक्रममा नुवाकोट उद्योग वाणिन्य संघकी वरिष्ट उपाध्यक्ष गिता अमात्य तथा नुवाकोट क्रिकेट संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया