देविघाटको संस्कृत मावि फाईनलमा

विदुर खबर २०७६ मंसिर १४ गते १९:१२

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ को देविघाटमा रहेको संस्कृत मावि जल्लाब्यापी अन्तर बिधालय क्रिकेट प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।

Advertisement

समुह चरणको अन्तिम खेलमा गुडविल एकेडेमीलाई पराजित गर्दै सस्कृत मावि फाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सस्कृत मावीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन बनायो । देविघाटको तर्फबाट सुभाष गुरुङ्गले नटआउट ३४ रन र श्रीतेश राईले १४ रन बनाए । बलिङतर्फ गुडविलका बिकाश कुमालले ३ विकेट लिए ।

९१ रनको सामान्य बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको गुडविलले २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सक्यो । गुडविलको तर्फबाट अमिक कुमालले २४ रन र बिकाश कुमालले १३ रन बनाए । बलिङतर्फ सस्कृत माविका राजिव भन्डारी र सुभाष खतिवडाले समान २÷२ विकेट लिए । खेलमा संस्कृत माविका सुभाष गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए । फाईनल खेल भोलि बिहान १० बजे अर्किड बि र सस्कृत मावीबिच हुनेछ ।

Advertisement

प्रतिक्रिया