नुवाकोट विद्यालयस्तरीय क्रिकेट : अर्किड बि फाईनलमा

विदुर खबर २०७६ मंसिर १३ गते १६:५५

नुवाकोट । अर्किड एकेडेमीको बि टिम नुवाकोटमा जारी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । केहीवेरअघि सम्पन्न खेलमा शुभेनियर बोर्डिङ्ग स्कुललाई ३८ रनले पराजित गर्दै अर्किड एकेडेमीको बि टिम फाईनल प्रवेश गरेका हो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको अर्किड बि ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय १३ रन बनाएको थियो । अर्किड बि को तर्फबाट सन्जय भट्टराईले ३३ रन र रन्जन डङोलले २० रनको योगदान गरे । बलिङतर्फ शुभेनियरका गौरव गजुरेलले ३ र सविन दवाडीले २ विकेट लिए । एक सय १४ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको शुभेनियर बोर्डिङ्गले १७ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो । शुभेनियरको लागि सविन दवाडीले ३६ रन बनाउनु बाहेक अन्यले दोहोरो अन्क जोड्न सकेनन् । बलिङतर्फ अर्किडका प्रदिप माझी र आयुष पाण्डेले समान ३÷३ विकेट लिए । खेलमा अर्किड बि का सन्जय भट्टराई म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा सस्कृत मावि देविघाट ६ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अर्किड ए ११.४ ओभरमा अलआउट हुँदै ५३ रन मात्र बनाएको अर्किड ए का तर्फबाट पुकार माझीले १० रन बनाए । बलिङतर्फ सस्कृत माविका समिर रिमालले ४ विकेट लिए ।

Advertisement

जवाफी ब्याटिङमा उत्रिएको सस्कृत माविले ८.४ ओभरमा ४ विकेट गुमाउदै बिजयी लक्ष्य परा गरेको थियो । देविघाट सस्कृतको तर्फबाट सुवास गुरुङ्गले ११ रन बनाए । बलिङतर्फ अर्किड ए का सुनिल अर्जेलले १ विकेट लिए । खेलमा देविघाट सस्कृतका समीर रिमाल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत शनिबबारको खेल गुडविल एकेडेमी बिरुद्ध देविघाट सस्कृत माविबिच बिहान १० बजे प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया