रसुवागढी-काठमाण्डौ रेल मार्गकाे ‘डीपीआर’ चीनले बनाउने
रसुवा । चीनले रसुवागढी-काठमाण्डौ रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाण्डौमा बसेको पाँचौ बैठकले रेल मार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो ।
रेल सेवाकाे विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभयो । यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पुर्याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । चीनले अब रेल मार्ग निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताउनुभयो
यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा रेल मार्ग निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया