एसीसी इमर्जिङ कप क्रिकेट : भारतविरुद्व नेपालले ब्याटिङ गर्दे

विदुर खबर २०७६ कार्तिक २८ गते ९:०३

नुवाकोट । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा भारतविरुद्व नेपालले ब्याटिङ गर्ने भएको छ ।

Advertisement

बंगलादेशको ढाकास्थित सभारमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।नेपाली टिम ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रनेछ भने भारतीय टिमको नेतृत्व बीआर सरथले गर्नेछन् । भारतले उमेर समूहको टिम मैदान उतारेको हो । नेपाली टिमका नियमित दुई खेलाडी पारस खड्का र सन्दीप लामिछाने टिममा छैनन् । दुवै खेलाडी टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी नहुने भएका हुन् ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह एमा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।

Advertisement

 

प्रतिक्रिया