नेपाल र कुवेतबीचकाे खेल फ्लड लाइटमा हुने, अनलाइनबाट टिकट काट्ने व्यवस्था

विदुर खबर २०७६ कार्तिक १५ गते १९:४२

काठमाण्डाै  । विश्वकप छनोट प्रतियोगिताका लागि अहिले दशरथ रंगशालाको फिनिसिङ भइरहेको छ । पहिलो होम म्याच सफल बनाउनका लागि कामदारसँगै सम्बन्धित पदाधिकारी पनि दिनरात खटिरहेका छन् ।

Advertisement

खेल मंसिर ३ गते ५ः४५ बजे फ्लड लाइटमा सञ्चालन हुनेछ । दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मैदान बनाउने कार्य जोडतोडका साथ चलिरहेको छ ।

खेलप्रेमीले साढे ५ वर्षपछि पहिलो पटक होम म्याच हेर्नका लागि टिकट अनलाइनमार्फत बुकिङ गर्न सक्नेछन् । ‘टिकटको मूल्य र अनलाइन पार्टनरको घोषणा हामी दुई–तीन दिनभित्रमा गर्नेछौँ’, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।

Advertisement

अहिले मैदानमा दुबो गोडमेल गर्ने काम भइरहेको छ । त्यससँगै दर्शक बस्ने प्यारापिटमा सिट राख्ने काम पनि भइरहेको छ । अखिल नेपाल फुटबल संघले भीआईपी प्यारापिट तलको कोठामा सचिवालय समेत सारिसकेको छ । र पदाधिकारी निरन्तर निरीक्षणमा छन् । रंगशालामा फ्लड लाइट, स्कोरबोर्ड, सेन्थेटिक ट्र्याकका काम सकिएका छन् भने चेञ्जिङ र रुमका शौचालयको फिनिसिङ् मात्र बाँकी छ ।

दुई हप्ताभित्र यी कामहरु सकाउनु पर्नेछ । एन्फाले यो खेललाई नेपाली फुटबलको कोशेढुंगाका रुपमा लिएको छ । एन्फा अध्यक्ष शेर्पा भन्छन्,‘नेपाली दर्शकले स्तरीय रंगशालामा फुटबल हेर्न नपाएको धेरै भइसक्यो । यो म्याचका लागि सबै नेपाली फुटबलप्रेमीहरु उत्साहित छन् ।’ ‘मिडिया, सामाजिक सञ्जालहरुमा पनि  प्रतिक्रिया देख्दा यो खेलले नेपाली फुटबलको विकासमा नयाँ उचाइ थप्नेछ’, अध्यक्ष शेर्पाले थपे ।

Advertisement

प्रतिक्रिया