नेकपा नेतृ बिन्दा पाण्डेको अनुभव : दाइहरू भन्दा भदाको तिहार पर्खेर बस्छु

विदुर खबर २०७६ कार्तिक १० गते १३:१४

नुवाकोट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद हुन्, बिन्दा पाण्डे। उनका माइला दाइ महेन्द्रबहादुर पाण्डे पनि नेकपाकै नेता हुन्। उनी परराष्ट्रमन्त्री भइसकेका छन्। अविवाहित बिन्दाको परिवार ठूलो छ। दुई आमाका गरी उनका १२ दाजुभाइ तथा दिदिबहिनी छन्। उनले  तिहार यसरी अनुभव सुनाएकी छन्। बाँकी उनकै शब्दमाः

Advertisement

हाम्रो घर नुवाकोटको राहुलसरा हो। दसैंतिहार आएपछि त्यतिखेरको चलन, हामी गाउँभर गएर बाबियो संकलन गर्थ्यौं। दसैंमा दाइहरु घर गएपछि उहाँहरुले पिङ हाल्नुहुन्थ्यो। सबैभन्दा रमाइलो तिहारमा पिङ खेल्ने हुन्थ्यो। गाउँभरका हामी सबै दौँतरी भेला हुन्थ्यौं।  म सानै  हुँदा नै मेरा दाइहरु बाहिर हुनुहुन्थ्यो। मभन्दा पछि एकजना बहिनी छ। हाम्रो आमातर्फको तीन जना दाइ, ६ जना दिदीबहिनी। अर्की अमापट्टीबाट एक जना दिदी, दुई जना दाइहरू हुनुहुन्छ।

हामी यस्तो चाड पर्वमा सबै १२ जना दिदीबहिनी, दाजुभाइसहित सबै परिवार एकै ठाउँमा जम्मा हुन्छौं। तिहारमा पनि हामी एकै ठाउँमा टीका लगाउँछौं। म २३ सालमा जन्मिएँ। मेरो दुईटै दाइहरु चाहिँ २४ सालदेखि नै काठमाडौं आउनुभयो। जेठो दाइ इन्द्रराज पाण्डे, उहाँ कृषि विज्ञ हो। माइलो दाइ महेन्द्रबहादुर पाण्डे, उहाँ राजनीतिमा हुनुहुन्छ। कान्छो दाइ राजुराज पाण्डे। अहिले उहाँ अमेरिकाको क्यालिफोर्नियामा हुनुहुन्छ। त्यसबेला उहाँहरु सबै काठमाडौं आएपछि घरको ठूलो म नै भएँ। मेरो जेठो दाइका पनि छोरा मात्रै छन्। साइला दाइका पनि छोरा मात्रै छन्। त्यसकारण दाइहरु र भदाहरुलाई एकै ठाउँमा राखेर हामी टीका लगाउँछौं। र, अहिलेसम्म पनि त्यो चलन कायमै छ।

Advertisement

२०३८ सालमा म काठमाडौं आएँ। काठमाडौं आएपछि पनि हामी दसैंतिहारका लागि घरमै जान्थ्यौं। २०४५/०४६ सालपछि चाहिँ तिहार काठमाडौंमा मनाउन थाल्यौं। दसैं मनाउन चाहिँ हामी अर्को आमा रहुन्जेलसम्म नुवाकोटमै जान्थ्यौं। आमा बितेपछि चाहिँ हाम्रो चाडपर्व मनाउने केन्द्र जेठो दाइको घर भएको छ। उहाँको घर ललितपुरको खुमलटारमा हो। हामी दसैंमा पनि त्यही जम्मा हुन्छौं, तिहारमा पनि। हाम्रो पारिवारिक, सांस्कृतिक किसिमको जमघट त्यहीँ हुन्छ। अनि हामी चाहिँ परिवारको राष्ट्रति भवन भन्छौं त्यसलाई।

मेरो तिहार खासै छुटेको छैन। साइलो दाइको छोरा मात्रै छ। दिदीबहिनी छैनन्। उसले मसँगै टीका लागाउँछ।त्यसकरण सकेसम्म म त्यो बेला परेका सबै भेटघाट र भ्रमणका कार्यक्रम रद्द गर्छु। भदाहरुले फुपुले टीका लगाइदिए लगाउने नत्र नलगाउने भन्छन्। म सम्भव भएसम्म त्यो समय परिवारकै लागि भनेर व्यवस्थापन गर्ने गरेकी छु। हामी तिहार सांस्कृतिक हिसाबले मात्रै मनाउँछौं। तिहारका सबै दिन भन्दा टीका लगाउँछौं।

Advertisement

तिहारमा समान्यतया दिदीबहिनीहरुले मात्रै टीका लगाइदिने, अनि दिदीबिनीहरु घुम्ने भन्ने हुन्छ। तर, हाम्रोमा त्यो दोहोरो हुन्छ। दाईहरु पनि हामीले गरेजस्तै गर्नुहुन्छ। यो पर्व चाहिँले पारिवारिक पुर्नमिलनको काम गर्छ। अरु बेला सबै परिवार भेटघाट गर्न सकिँदैन्। सांस्कृतिक हिसावले भेटघाट गर्ने, टाढादेखि आउने अनि सम्बन्ध र सम्पर्कलाई नवीकरण गर्ने कुरा चाहिँ मन पर्छ। नुवाकोटमा हुँदा हामी सानै थियौं। सानो हुँदा चाडपर्वको रौनक छुटै हुन्छ। गाउँ भनेपछि त्यसको रमाइलो सहरको भन्दा छुट्टै हुन्छ।

 

नेपाल लाईभबाट

प्रतिक्रिया