नुवाकोटमा पनि बालेन र सुदनविरुद्ध मुद्दा

विदुर खबर २०८२ असोज २७ गते १४:५४
वालेन र सुदनविरुद्ध मुद्धा गर्दा गराउँदै युवासंघ नुवाकोटका अध्यक्ष सापकोटा ।

नुवाकोट । काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नुवाकोट प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।

Advertisement

एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नुवाकोटले बालेन र गुरुङविरुद्ध किटानी जाहेरी दिएको हो । उनीहरुले जाहेरी जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामालाई बुझाएका छन् ।

राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनले देशभर सार्वजनिक सम्पत्तिमाथी क्षति भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिएकाे बताए।

Advertisement

प्रहरीले जाहेरी बुझे पनि दर्ता हुन बाँकी रहेको सापकोटाले बताए । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै युवा संघ नुवाकोटले उनीहरुविरुद्ध जाहेरी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तथा सुचना अधिकारी विक्रम लामाले केन्द्रको निर्देशन अनुसार अघि बढ्ने बताए ।

Advertisement

प्रतिक्रिया