म डराएर भाग्ने मान्छे होइन : ओली

विदुर खबर २०८२ असोज २३ गते १४:२७

नुवाकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् ।

Advertisement

जेनजी आन्दोलनपछि पहिलो पटक भक्तपुरमा आयोजित पार्टीको औपचारिक कार्यक्रममा सम्बोधन गर्दै उनले सडकमा तमासा भइरहेको भन्दै आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै उनले सरकार देखेर आफु नभाग्ने बताएका हुन् ।

उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे ।

Advertisement

‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ रु,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन ।

तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’

Advertisement

प्रतिक्रिया