काठमाडौंमा १० हजार उतार्छौँ, एमाले के हो ? देखाउँछौँ : महेश बस्नेत
नुवाकोट । नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले बुधबार–बिहीबारभित्रै काठमाडौंमा १० औं हजारको भिड उतार्ने उद्घोष गरेका छन्।

मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी गरेर जलाइएको एमाले केन्द्रीय कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
‘भोलि र पर्सिभित्रै उपत्यका भित्र एउटा विशेष कार्यक्रम गर्छौँ,’ बस्नेतले भने, ‘त्यो कार्यक्रममा १० औं हजार युवा परिचालन गर्छौँ। त्यो कार्यक्रमको तपाईँहरू नोटिस गरिराख्नुस्।’ त्यो कार्यक्रममा के हो एमाले? के हो युवा संघ? भन्ने कुरा प्रमाणित गर्ने गरी आफूहरू कार्यक्रम गर्न लागेको उनले बताए।
उनले भने, ‘एमाले कमजोर छैन, युवा संघ कमजोर छैन, अखिल, अनेमसंघ कुनै पनि संस्था कमजोर छैन।’
अब आफूहरू पार्टीको काममा निरन्तर लागेको पनि उनले बताए। ‘हामी रेगुलर काममा लाग्यौँ। अब टोल टोलको सुरक्षा लिने काममा हामी लाग्यौँ,’ बस्नेतले भने।

यस्तै असोज ३ गते संविधान दिवसका अवसरमा एमालेले कार्यक्रम गर्ने र त्यही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता उत्रिने पनि उनले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया