केरुङमा नेपाली हस्तकला प्रदर्शन

विदुर खबर २०७६ कार्तिक ५ गते २१:१६

रसुवा ।  नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ ।

Advertisement

केरुङको स्थानीय सरकारको आयोजनामा नेपाल हस्तकला महासङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म उक्त मेला आयोजना गरेको हो । मेलामा धातुका मूर्ति, पश्मिना, थाङ्का, ऊनी, फेल्ट, टेक्साइल, गार्मेन्ट तथा चाँदीका गरगहना प्रदर्शन गरिएका महासङ्घका उपनिर्देशक ऋषिराज सुवेदीले जानकारी दिनुभयो ।

“नेपाली हस्तकला सामानको चीनको बजारमा प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । मेलामा नेपाली २५ कम्पनी तथा फार्मले हस्तकला प्रदर्शन गरेका छन् । यस्तै मेलामा ‘बी टु बी’ छलफल हुनेछ । केही दिनअघि मात्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको भ्रमणमा आउनु र चीनमा नेपाली हस्तकला प्रदर्शन हुनुले नेपाल–चीन सम्बन्धलाई झन् मजबुद बनाएको महासङ्घले जनाएको छ ।

Advertisement

प्रतिक्रिया