केरुङमा नेपाली हस्तकला प्रदर्शन
रसुवा । नेपाली परम्परागत हस्तकलाको प्रवद्र्धन तथा बिक्री वितरण गर्न नेपाल–चीन नाका केरुङमा हस्तकला प्रदर्शन तथा मेला आयोजना गरिएको छ ।
केरुङको स्थानीय सरकारको आयोजनामा नेपाल हस्तकला महासङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म उक्त मेला आयोजना गरेको हो । मेलामा धातुका मूर्ति, पश्मिना, थाङ्का, ऊनी, फेल्ट, टेक्साइल, गार्मेन्ट तथा चाँदीका गरगहना प्रदर्शन गरिएका महासङ्घका उपनिर्देशक ऋषिराज सुवेदीले जानकारी दिनुभयो ।
“नेपाली हस्तकला सामानको चीनको बजारमा प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । मेलामा नेपाली २५ कम्पनी तथा फार्मले हस्तकला प्रदर्शन गरेका छन् । यस्तै मेलामा ‘बी टु बी’ छलफल हुनेछ । केही दिनअघि मात्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको भ्रमणमा आउनु र चीनमा नेपाली हस्तकला प्रदर्शन हुनुले नेपाल–चीन सम्बन्धलाई झन् मजबुद बनाएको महासङ्घले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया