आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा
एजेन्सी । इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई ३ – १ ले हराउँदै समग्रमा ५ – १ को जितसहित आर्सनलले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनललाई जित दिलाउन ड्यानी वेलब्याकले दुई तथा ग्रानिट झाकाले एक गोल गरे । एसी मिलानका काल्हानोलुले एक गोल फर्काए । यसअघि एसी मिलानको घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल २ – ० ले विजयी भएको थियो ।
इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने पाहुना टोली एसी मिलानले लिएको थियो । खेलको ३५ औं मिनेटमा काल्हानोलुले गोल गर्दै एसी मिलानलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३९ औं मिनेटमा आर्सनलका वेलब्याकले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
पहिलो हाफमा १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले दुई गोल गरेको थियो । खेलको ७१ औं मिनेटमा झाकाले गोल गर्दै आर्सनललाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा वेलब्याकले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३ – १ को जित दिलाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया