नुवाकोट गोल्डकपको आयव्यय कति ? होटलहरुमा करिब १७ लाख भन्दा बढी तिर्न बाँकी
डेढ वर्ष बित्दासमेत आयव्यय सार्वजनिक भएन
नुवाकोट । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटवल संघले संयुत्त रुपमा आयोजना गरेको नुवाकोट गोल्डकपको आयव्यय झन्डै डेढ वर्ष बित्दासमेत अझै सार्वजनिक हुन सकेको छैन ।
२०७५ साल जेठ १७ गतेदेखि २६ गतेसम्म भएको प्रथम नुवाकोट गोल्डकप र यहि जेठ २२ गतेदेखि ३१ गतेसम्म संचालन भएको प्रतियोगिताको हिसाबकिताब अझै सार्वजनिक हुन नसक्दा पछिल्लो समय जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघ आलोतिच बन्न पुगेको छ ।
आखिर कति भयो गोल्डकपको आम्दानी ?
नुवाकोट फुटवल संघ स्रोतले जनाए अनुसार पहिलो गोल्डकपमा आयोजकले टिकट बिक्रीबाट १२ लाख ८५ हजार रुपैयाँ उठाएको छ । तर प्रतियोगिताका संयोजक रहेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर प्रधान गोल्डकपको आम्दानी कति भयो भन्ने विषयमा आफै बेखबर रहेको बताउँछन । त्यस्तै आर्थिक समितिका संयोजक समेत रहेका नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारलाई आम्दानीबारे प्रश्न गर्दा जिल्ला खेलकुद विकास समितिका संयोजकलाई सोध्न भनेर पन्छिने गरेका छन । त्यस्तै एन्फाका केन्द्रिय सदस्य पुर्णमान चित्रकार पनि सोही गरि पन्छने गरेका छन ।
तर नुवाकोट गोल्डकपको खातामा भने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रधान, एन्फाका केन्द्रिय सदस्य पुर्णमान चित्रकार र नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारको हस्ताक्षर चल्ने गरेको छ । आफ्नो खातामा जम्मा भएको रकम र निकालिएकोे रकमको बारेमा उनीहरु नै बेखबर बन्नु आफैमा रहस्य छ । यस विषयले गोल्डकपको हिसाबकिताब कसले संचालन ग¥यो भन्ने प्रश्न समेत उब्जिएको छ ।
http://bidurkhabar.com/archives/7785
पहिलो गोल्डकपमा दर्शकका लागि बनाइएको प्याराफिट दोस्रो गोल्डकपमा आएर दुई गुना बढी बनाइएको थियो । जस अनुसार पहिलो गोल्डकपमा टिकट बिक्रीबापत १२ लाख ८५ हजार रुपैयाँ टिकट बिक्रीबाट आएपनि दोस्रो गोल्डकपमा आएर टिकट बिक्रीबाट जम्मा ७ लाख मात्र आएको आयोजकको स्रोतले बतायो । तर दोस्रो गोल्डकप विवादित बनेपनि दर्शकहरुको मैदानमा बाक्लै उपस्थिति रहेको थियो ।
होटलहरुमा करिब १७ लाख भन्दा बढी तिर्न बाँकी
प्रतियोगिताको अवधिभर बट्टारका विभिन्न होटलमा खेलाडी र पाहुना राखेबापत करिव १७ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको होटल संचालकहरुले बताएका छन । विदुर खबरलाई प्राप्त जानकारी अनुसार नुवाकोट ११ का फुटवल प्रशिक्षक समेत रहेका देवनारायण चित्रकारको होटलमा पहिलो गोल्डकपको ६ लाख रुपैयाँ सहित १०, होटल रन्जितको ४ लाख रुपैयाँ, होटल स्क्वायर र सन्ध्या होटल एक÷एक लाख रुपैयाँ , दियालो गेस्ट हाउसको ७० हजार रुपैयाँ र मैदानसैग रहेको माईलादाईको रेष्टुरेन्टको गरि १७ लाख रुपैयाँभन्दा बढी रहेको नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ ।
http://bidurkhabar.com/archives/7612
त्यस्तै मैदानमा काम गर्नै कामदारहरु माईला कुमाल र श्याम कुमालको समेत अझै पारिश्रमिक नदिएको उनीहरुले बताएका छन । पारिश्रमिक माग्दा सधै छैन भन्ने जवाफ आउने गरेको छ, माईला कुमालले भने । त्यस्तै मैदानमा रङरोगन गरेको समेत पैसा समेत आयोजकले नदिएको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया