नेपाल क्रिकेट संघको निलम्बन हट्ने सम्भावना ट¥र्याे
नुवाकोट । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन तत्काल हट्ने सम्भावना कम रहेको निर्वाचित कमिटिले बताएको छ ।
नयाँ निर्वाचन लगत्तै क्यान निलम्बन फुकुवा गर्ने आईसीसीले आश्वासन दिएपनि तत्काल सो सम्भावना कम रहेको क्यानको निर्वाचित कमिटिले बुझाई छ ।क्यान निलम्बन फुकुवा लगायतका विभिन्न एजेण्डामा छलफल गर्न आईसीसीको बोर्ड बैठक आज (आईतबार) दुबईमा बस्दैछ । तर आईसीसीबाट निलम्बन फुकुवाको निर्णय हुने सम्भावना कम रहेको क्यानको निर्वाचित कमिटिले बताएको छ ।
क्यानका नवनिर्वाचित महासचिव अशोकनाथ प्याकुरेलले आईसीसीबाट तत्काल क्यान निलम्बनको फुकुवा हुने सम्भावना कम रहेको बताए । ‘आईसीसीले नेपालको निलम्बन फुकवा गर्छ भन्ने मलाई लाग्दैन ।’ प्याकुरेलले भने, ‘आईसीसीले नेपाली क्रिकेटको बिषयमा केही न केही निर्णय गर्छ । तर फुकुवा हुने सम्भावना निकै कम छ ।’आईसीसीले क्यानको नयाँ विधान अनुसार हुने निर्वाचनलाई निलम्बन फुकुवाको पहिलो आधार बनाएको थियो ।
सोही अनुसार काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो । आईसीसीले बनाएको स्वतन्त्र कमिटिले क्यानको विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको संघको निर्वाचन सफलतापुर्वक सम्पन्न गरेको थियो । नयाँ विधान अनुसार क्यानको चुनाव आईसीसीको मुख्य शर्त भएपनि अन्य धेरै बिषय मिलाउन बाँकी रहेको महासचिव प्याकुरेलले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया