नेपाल क्रिकेट संघको निलम्बन हट्ने सम्भावना ट¥र्याे

विदुर खबर २०७६ असोज २६ गते १७:१०

नुवाकोट । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन तत्काल हट्ने सम्भावना कम रहेको निर्वाचित कमिटिले बताएको छ ।

Advertisement

नयाँ निर्वाचन लगत्तै क्यान निलम्बन फुकुवा गर्ने आईसीसीले आश्वासन दिएपनि तत्काल सो सम्भावना कम रहेको क्यानको निर्वाचित कमिटिले बुझाई छ ।क्यान निलम्बन फुकुवा लगायतका विभिन्न एजेण्डामा छलफल गर्न आईसीसीको बोर्ड बैठक आज (आईतबार) दुबईमा बस्दैछ । तर आईसीसीबाट निलम्बन फुकुवाको निर्णय हुने सम्भावना कम रहेको क्यानको निर्वाचित कमिटिले बताएको छ ।

क्यानका नवनिर्वाचित महासचिव अशोकनाथ प्याकुरेलले आईसीसीबाट तत्काल क्यान निलम्बनको फुकुवा हुने सम्भावना कम रहेको बताए । ‘आईसीसीले नेपालको निलम्बन फुकवा गर्छ भन्ने मलाई लाग्दैन ।’ प्याकुरेलले भने, ‘आईसीसीले नेपाली क्रिकेटको बिषयमा केही न केही निर्णय गर्छ । तर फुकुवा हुने सम्भावना निकै कम छ ।’आईसीसीले क्यानको नयाँ विधान अनुसार हुने निर्वाचनलाई निलम्बन फुकुवाको पहिलो आधार बनाएको थियो ।

Advertisement

सोही अनुसार काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो । आईसीसीले बनाएको स्वतन्त्र कमिटिले क्यानको विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको संघको निर्वाचन सफलतापुर्वक सम्पन्न गरेको थियो । नयाँ विधान अनुसार क्यानको चुनाव आईसीसीको मुख्य शर्त भएपनि अन्य धेरै बिषय मिलाउन बाँकी रहेको महासचिव प्याकुरेलले बताए ।

प्रतिक्रिया