भाल्चे फुटबल प्रतियोगिताको उपाधि थ्रीजी युवा क्लव काउलेलाई
भाल्चे । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चेमा आयोजित ‘प्रथम भाल्चे फुटबल प्रतियोगिता’को उपाधि थ्रीजी युवा क्लव काउलेले उचालेको छ ।
अहिंसावादी युबा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा नुचेत युव क्लवलाई ६–० गोल अन्तरले हराउदै थ्रीजी युवा क्लव काउलेले उपाधि उचालेको हो । प्रतियोगिताको विजेता थ्रीजी युवा क्लव काउलेले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता नुचेत युव क्लवले ३३ हजार ३ सय ५५ रुपैयाँ प्राप्त ग¥र्याे भने तेस्रो भएको अहिंसावादी युबा क्लव १५ हजार रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा उत्कष्ट भएका क्लब र खेलाडीलाई किस्पाङ गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष आइत घले, अहिंसावादी युबा क्लबका अध्यक्ष धनवहादुर तामाङ लगायतले नगद रुपैयाँ सहित, प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरेका थिए । कार्यक्रममा वडाअध्यक्ष घलेले प्रतियोगिताले आपसी एकता, युवालाई खेल प्रतिको आकर्षण र मनोरञ्जन प्रदान गरेको बताए ।
यस्तै, आयोजक क्बलका अध्यक्ष धनबहादुर तामाङले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने बताए । प्रतियोगितामा ३२ क्लबको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया