लिखुको चौघडामा जिल्लास्तरी फुटवल सुरु,विजेताले एक किलोको चाँदीको वल पाउने

विदुर खबर २०७६ असोज ११ गते २२:२०

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा सोमबारदेखि जिल्लास्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ ।

Advertisement

विजया दशमीको पावन अवसरमा सुन्दर विहानी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १५ क्लबले सहभागिता जनाएको प्रतियोगिताका संयोजक शैलेस श्रेष्ठले जानकारी दिए । शनिवार भएको खेलमा बगैचा युथ क्लब,न्यु स्र्पाेटस युवा क्लब र तादी गाउँपालिकाले विजयी शुरुवात गरेका छन ।

प्रतियोगिताको उद्घाटन खेलमा बगैचा युथ क्लबले आयोजक सुन्दर विहानी युवा क्लबको बि टिमलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै शनिवार नै भएको दोस्रो खेलमा न्यु स्र्पाेटस युवा क्लबले पन्चकन्या गाउँपालिकाको बि टिमलाई ४–१ गोल अन्तरले पराजित गर्दे शुखद शु्रुवात गरेको छ । शनिवार नै भएको तेस्रो खेलमा तादी गाउँपालिकाले कोलनीको थ्रिडी क्लबमाथि १–० को झिनो अन्तरको जित हात पार्दे ३ अंक हात पारेको छ ।

Advertisement

प्रतिक्रिया